असार १७, रासस । विषालु च्याउ खाँदा बिरामी भएका इलाका प्रहरी कार्यालय लुक्लाका प्रहरी नायब निरीक्षकसहित तीनजनाको लुक्लास्थित पासाङ ल्हामु निकोलनिकी हस्पिटलमा उपचार भइरहेको छ ।

जङ्गलबाट आफँैले टिपेर ल्याएको च्याउ हिजो बेलुकी तरकारी बनाएर खाँदा प्रहरी नायब निरीक्षक कृष्ण बस्नेतसहित जवान केशव बस्नेत र विमल गुरुङ बिरामी परेका हुन् । सुरुमा खाना खाएका तीन जना मात्र बिरामी भएका र अन्यले च्याउ नखाएका प्रहरी सहायक निरीक्षक सरोज भट्टराईले जानकारी दिए । उनीहरुलाई उपचारका लागि हिजो बेलुकी नै पासाङ ल्हामु निकोलनिकी हस्पिटलमा भर्ना गरिएको हो ।

लगातार वान्ता भएकाले उनीहरुको अवस्था गम्भीर नभएको प्रहरीले जनाएको छ । बिरामी भएकाहरुमध्ये प्रहरी नायब निरीक्षक बस्नेत र जवान केशवको अवस्थामा केही सुधार देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।