असार १६ । सिमेन्ट चोरीगरेको आरोपमा गाविसका पूर्व अध्यक्ष इनरमन राउत कंकडलाई प्रहरीले प्रक्राउ गरेको छ ।
प्रहरीका अनुसार पर्साको लखनपुर गाविस–६ मा निर्माण भइरहेको पुलका लागि आवश्यक पर्ने ४० बोरा सिमेन्ट तथा एक क्विन्टल छड बिहीबार राति चोरी भएको थियो
स्थानीयहरुले सामान चोरी भएको प्रहरीलाई उजुरी गराएपछि सामान खोजी गर्दा प्रहरीले गाविसका पूर्व अध्यक्ष इनरमन राउत कंकडको घरबाट ४० बोरा सिमेन्ट बरामद गरेको प्रहरी सहायक निरीक्षक गजेन्द्र साहले बताए ।
चोरी भएको अन्य समानको खाजी कार्य भइरहेको छ । भने पूर्व अध्यक्ष इनरमन राउत कंकडलाइ अनुसन्धानको लागि बहुवन प्रहरी चौकी लगिएको छ ।
Comments