असार १६ । सुनको मूल्यमा अन्तर्राष्टिय बजारमा आएको उतारचढावसँगै नेपालमा पनि निरन्तर मूल्य घटबढ भइरहेको छ ।
गत साता पनि लगातार ओरालो लागेको सुनको मूल्य यो साताको पहिलो दिन भने ४ सय बढेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँ घटेकोमा आइतबार भने ४ सयले बढेर कारोबार भईरहेको छ ।
आइतबारका लागि छापावाला सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले तोलाको ४८ हजार ५ सय रुपैयाँ तोकेको छ ।
आइतबार तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँ बढेर ४८ हजार २ सय ५० रुपैयाँ तोकेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आइतबार तोलामा २१ रुपैयाँ बढेर ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको ७ सय ९४ रुपैयाँमा कारोबार भएको थियो ।
Comments