असार १६ । बागलुङ सर्कुवा–२ का दृष्टिविहीन अमिट केसीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएका छन। अपाङ्गता भएका व्यक्तिहरुले पनि अवसर पाए केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथा चढ्ने योजना बनाएको उनले बताए ।

सगरमाथा चढ्ने चाहना पूरा भए पछि केसी नै सगरमाथा चढ्ने पहिलो दृष्टिविहीन नेपाली हुनेछन ।  यसअघि सन् २०११ मा अमेरिकाका दृष्टिविहीन एरिक एहेन्मेयरले सगरमाथा चढेका थिए ।

३० वर्षीय केसीले आइतबार पत्रकारसम्मेलनको आयोजना गरी आफ्नो सगरमाथा चढ्ने योजना सार्वजनिक गरेका हुन । सगरमाथा चढ्नका लागि शारीरिक व्यायाम र मानसिक तयारीका अभ्यासहरु गरिरहेको उनले बताए ।  पूर्वअभ्यासको रुपमा पोखरा, काठमाडौँको नागार्जुन र ठमेलमा रक क्लाइम्बिङ जस्ता स्थानमा तालिम लिइ रहेको बताएका छन ।

केसीको सहयोगीको रुपमा पासाङ टेन्डी शेर्पाले सघाउने भएका छन ।  उनलाई अमेरिकी नागरिक क्लेफलेयस कार्यमा सहयोग गरेको बताएका छन ।

सम्पूर्ण प्रक्रिया पूरा भएमा चाँडोमा सन् २०१४ देखी २०१५  भित्रमा सगरमाथमको चुचुरोमा पुग्ने  लक्ष्य रहेको बताएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।