असार १६ – ठमेल क्षेत्रका सडक बालबालिकालाई व्यवस्थापन र पुनस्र्थापनाको लागि काठमाडौंको स्वयम्भूमा पुर्नस्थापना केन्द्र खोलिने भएको छ ।
ठमेल क्षेत्रमा पर्यटकलाई सास्ती दिने ,स्थानिय व्यवसाय लागि गाली गर्ने ,बाटो हिडेने सर्वसाधरालाई दुख दिने , लागुऔसधको प्रयोग गर्ने ,चोरी डकैती काम मा संलग्न हुन थालेको कारणले पुर्नस्थापना केन्द्रमा राख्ने निणर्ण भएको छ ।
ठमेल पर्यटन विकास परिषद र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालबालिका संरक्षण मञ्चको प्रयासमा एक महिना भित्रमा ठमेलका बालबालिकालाई पुर्नस्थापना केन्द्रमा लौजाने तयारी भैरहेको ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले बताएका छन ।
Comments