असार १६ ।  कुवेतमा पाँच जना युवती र चार जना युवा यौनजन्य गतिविधि गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

 कुवेतको जलिब अल शुयोख क्षेत्रमा सुरक्षाकर्मीहरुले  छापा मारेर पाँच नेपाली युवती र चार नेपाली युवकलाई  यौन जन्य गतिविधी गरेको आरोपमा  कुवेत  प्रहरीले पक्राउ गरेको अरबटाइम्स डटकमले लेखेको छ ।

उक्त अनलाइनले उनीहरुले वेश्यावृत्ति गरेको भन्दै थप अनुसन्धान  भइरहेको  समाचार पनि लेखेको छ । प्रहरीले अहिले सम्म पक्राउ परेकाहरुको नाम र ठेगाना भने खुलाएको छैन ।

फोटो: अरबटाइम्स

अरब टाइम्समा प्रकाशित समाचार अनुसार  फरवानियाका कार्यकारी सुरक्षा निर्देशक मेजर जनरल इब्राहिम अल तराह कहाँ त्यो क्षेत्रमा नेपाली आप्रवासीहरु वेश्यावृत्तिमा संलग्न भएको सुचना  आएपछि उक्त गतिविधीको पर्दाफास भएको हो ।

सोही क्रममा  क्रममा पाँच नेपाली महिला र चार नेपाली पुरुषलाई कुवेती प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी प्रहरीले उनीहरुले साथमा  ब्ल्यु फिल्म र अरु अश्लील सामाग्री पनि त्यहाँबाट बरामद गरेको बताएको छ ।

पक्राउ  परेका  मध्ये दुई नेपाली महिला कम्पनीबाट भागेर यस्तो गतिविधी गर्दै आएको बताइएको छ ।

पक्राउ परेकाहरुका विरुद्ध मुद्दा दर्ता गरि थप कारवाही गरिने जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।