असार १६ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा भारतीय मार्सल आर्ट फोर्स राख्न पहिलेदेखि नै प्रयासरत भारतले अन्तरिम मन्त्री परिषद सरकारसँग भने जासुसी तथा सूचना आदानप्रदान संयन्त्र स्थापना गर्ने र दुई ठाउँमा अध्यागमन केन्द्र राख्नेबारे गोप्य सहमति गरेको खुलासा भएको छ ।

गत जेठ १८ गते काठमाण्डौंमा सम्पन्न गृहसचिवस्तरीय बैठकमा भारतले लुम्बिनी र पशुपतिनगरमा अध्यागमन जाँच केन्द्र स्थापनाका लागि प्रस्ताव गरेको र त्यसमा गोप्य सहमति भएको आजको अन्नपूर्ण दैनिकले खबर छापेको छ ।

उक्त बैठकपछि जारी गरिएको प्रेसविज्ञप्तिमा भने सहमति भएका २८ बुँदामा यस विषयबारे केही पनि खुलाइएको छैन ।

तर, अध्यागमन केन्द्रको स्थापनाको यो बुँदा सहमतिको २५ बुँदामा छ । यसमा भनिएको छ,’ भारतीय पक्षले लुम्विनी र पशुपतिनगरमा अध्यागमन केन्द्र राख्ने प्रश्ताव राख्यो । नेपाली पक्षाले यसलाई सैद्धान्तिक रुपमा स्वीकार गर्यो र कुटनीतिक च्यानलमार्फत कार्यान्वयन गर्नेछ ।’

उक्त गोप्य सहमतिलाई नेपालले सैद्दान्तिक’ सहमति भन्दै कार्यान्वयन औपचारिक रुपमा कूटनीकित माध्यम (च्यानल)बाट गर्ने भनि उल्लेख गरिएको हो ।

सो सहमति गर्ने क्रममा नेपालका लागि गृह सचिव नविनकुमार घिमिरे र भारतीय गृह मामिला सचिव आरके सिंहले हस्ताक्षर गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।