असार १६  । काठमाडौमा  लगातार चार दिन सम्म पनि खानेपानी आपूर्ती ठप्प भएको छ । खानेपानी संयुक्त सङ्घर्ष समिति, नेपाल बोतल वाटर उद्योग सङ्घ तथा अखिल नेपाल यातायात मजदुर सङ्घद्वारा संयुक्त रुपमा आयोजना गरेको अनिश्चितकालीन खानेपानी वितरण र आपूर्ति  आज चौथो दिन पनि पुर्ण
रुपमा ठप्प  रहेको हो ।
 पानी अति आवश्यक वस्तु भएकोले मिनरल वाटर व्यवसायलाई लगाइँदै आएको मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क खारेज गर्नुपर्ने, ऋण सुविधा तथा सहुलियत ब्याजदरमा पानी उद्योगी तथा ट्यांकर व्यवसायीलाई सुविधा दिनु पर्ने भन्दै  माग  व्यवसायीले आन्दोलन गरेका छन ।
यसैबीच, आन्दोलनको कारण पानीको अभाव भएपछि काठमाडौको वीर अस्पताल शुक्रबार दिउँसो शल्यक्रिया रोकिएको छ । शल्यक्रियाका लागि भर्ना भएका केहि विरामीलाई अर्को दिन आउनु
भन्दै डिस्चार्ज गरिएको थियो भने अन्य विरामी पनि ल्यक्रिया नगराई फर्किएका  छन ।
शनिबार पनि आकस्मिक कक्षका वार्ड, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका क्वार्टरमा पानीको हाहाकार थियो । 
कुनै कुनै शल्यकक्षमा धमिलो पानी मात्रै झरेको छ। शल्यकक्षको धारामा दिउँसो पानी आएपनि आकस्मिक शल्यक्रिया नै रोकीने डरले कर्मचरीले बाटा, बाल्टिनजस्ता भाडामा पानी थापेर राखेका छन्ना नागरिक दैनिकमा खबर  छ । पानी अभावले  घर, अफिस, रेष्टुरेन्ट, कलेज लगायतका क्षेत्रमा पानीको संकट देखा परेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।