असार १५ । जारी केन्द्रिय समितिको बैठकमा विवादले उच्च रुप लिएपछि विवाद मिलाउन बसेको एमाओवादी पदाधिकारी बैठक पनि निष्कर्ष बिहीन बनेको छ ।

बैठक पुनः भोलि बस्ने भन्दै स्थगित गरिएको छ ।

केन्द्रिय समितिको बैठकमा पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईले नै राजीनामा दिएपछि माओवादी बैठकको विवाद झनै उत्कर्ष पुगेको छ ।

बैठकमा त्याग र बलिदान गरेर आएकाहरुलाई पाखा नलगाउन चर्को दबाब छ भने अर्का तर्फ अन्य पार्टी त्याग गराएर पार्टी प्रवेश गराउँदा दिएको वच्चन पुरा गर्नैपर्ने पनि भएपछि विवाद झनै चुलिएको हो ।

एमाओवादीमा बाँकी पदाधिकारी पूरा गर्न सुरु गरिएसँगै गुट उपगुट बढेर गएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।