, असार १५ – रसुवागढी नाकाबाट प्रहरीले एक  गाडीमा  ३९ थान

रक्तचन्दनको काठ  चार जनालाई पक्राउ गरेको छ ।

ना ३ ख ७१ ५८ नम्बरको गाडीमा लुकाइ छिपाइ चीन तर्फ लैजाँदै गरेको रक्तचन्दन पक्राउ गरको छ । शुक्रबार राती सिमा प्रहरी चौकी रसुवाले उक्त काठ बरामत गरेको हो ।

प्रहरीले रामेछाप ठोसे १ का गाडी चालक छत्रबहादुर तामाङ, गाडी मालिक रसुवा धुन्चे गाविस १ का वीरेन्द्रसिंह तामाङ, दोभासे सिन्धुपाल्चोक तातोपानी ६ का लाले तामाङ र उनका साथी सिन्धुपाल्चोककै घोर्थली बस्ने पूर्णबहादुर खड्कालाई पक्राउ गरेको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।