असार १५ । पछिल्लो समय कलाकारहरु फुलमाला लगाएर पार्टी प्रवेश गर्ने क्रम बढीरहेका बेला गायिका तथा समाचार बाचिका कोमल वली

पनि राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

खबरमा उनले पार्टी प्रवेशका लागि दुई चरणमा छलफल गरिसकेको र अध्यक्ष महतोसँग अब एक पटक अन्तिम चरणको छलफल गरेर औपचारीक रूपमै पार्टी प्रवेश गर्ने तयारीमा रहेको उल्लेख छ ।

उनले सद्भावना पार्टीमा प्रवेश गर्नका लागि पार्टीका नेताहरूबाट आफूलाई अफर आएको र यस विषयमा कुराकानी भइरहेको बताएकी छन् ।

ओली गायिकाका साथै रेडियो नेपालमा कार्यरत पत्रकार पनि हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।