असार १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्रचार गरी अकूत सम्पत्ति आर्जन गरेको आशंकामा बैक लकर रोक्का गर्न दिएको निर्देशन अनुसारनेपाल सरकारका ९८ जना बहालवाला र पूर्वकर्मचारीको लकर रोक्का भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैक तथा वित्तिय संस्थाले उनीहरुको खाता रोकिदिएका हुन् ।

आजको राजधानी दैनिकमा छापिएको खबर अनुसार अख्तियारले सम्पत्ति छानबीनका क्रममा पहिलो चरणमा ९६ जना कर्मचारीको नामावली दिएपछि राष्ट्र बैकले त्यस्ता व्यक्तिको लकर रोक्का गर्न वित्तिय संस्थालाई निर्देशन दिएको हो।

राष्ट्र बैंकले एआईजी रमेशविक्रम शाह, डीआईजी प्रतापसिंह थापा सहित १८ सरकारी कर्मचारीको बैंक लकर रोक्का गरी सोको अख्तियारलाई जानकारी दिन निर्देशन समेत दिएको छ ।

वन्तसहित एसएसपी श्यामकाजी कुँवर, एसएसपी चिरन्जीवी अधिकारी र गोपीमान श्रेष्ठ पनि छानवीनमा परेको आयोगले जनाएको छ । साथै एसपी सन्जयसिंह बस्नेत र डीएसपी हिराबहादुर गिरी पनि छानवीनको दायराभित्र परेका छन् ।

यसैगरी नेपाल टेलिकमका महाप्रबन्धक दिगम्बर झा, राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुषोत्तम खनाल, दीपेश आचार्य, कुमारप्रसाद शर्मा, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्माको सम्पत्ति पनि छानवीन गरिने भएको छ । गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाल आयल निगम, नापी विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ऋण असुली न्यायाधीकरणलगायतका सरकारी कार्यालयका केही कर्मचारीहरु पनि कारावाहीको दायरामा परेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।