असार १४ । २०६९ सालको ग्लोबल आइएमई फोटो अफ दि इयरको उपाधि फोटो पत्रकार शैलेन्द्र खरेलले हात पारेका छन्।

खरेलले खिचेको तस्वीर वर्षको उत्कृष्ट भएसँगै खरेलले १ लाख रुपैयाँ पाउने भएका छन् । फोटो पत्रकार खरेलकै फोटोले फोटो कथा र समाचार बिधामा पनि उत्कृष्ट फोटोको उपाधि जितेको छ ।

तीनै विधा गरेर खरेलले एक लाख ६० हजार नगद पुरस्कार पाउने छन् । फोटो पत्रकार क्लवको आयोजनामा हरेक वर्ष हुने ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिताम यस वर्षको उपाधि सँगै अन्य दुई विधामा समेत उपाधि खरेलले जितेका हुन् ।

प्रतियोगितामा देशभरबट ७ हजार ५ सय फोटो मध्येबाट खरेलको फोटो सर्वोत्कृष्ट भएको हो । वर्षकै उत्कृष्ट भएको तस्वीर खरेलले मुस्ताङको लेतेमा खिचेका हुन् ।

शुक्रबार राजधानीको नेपाल पर्यटन बार्डमा आयोजित कार्यक्रममा भारतका वरिष्ट फोटो पत्रकार रघु राय, फोटो पत्रकार गोपल चित्रकारले विजेयताको नाम घोषणा गरे । फोटो पत्रकार क्वले शुक्रबार नै वर्षको उत्कृष्ट फोटो पत्रकार सँगै अन्य ७ विधाका उत्कृष्ट फोटो र फोटो पत्रकारको नाम समेत घोषणा गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएका सबै विधाका फोटोमा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउने फोटो पत्रकार क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्लबले उपाधि वितरण असार २६ गते एक विशेष कार्यक्रम गरेर गर्ने बताएको छ ।

फोटो अफ दी इयर २०६९ घोषित खरेलले खिचेको फोटो ।

 कल्चर एण्ड टुरीजम विधामा पहिलो हुन सफल फोटो : तस्विर- स‌ंजोग मानन्धर

कल्चर एण्ड टुरीजम विधामा हुन सफल फोटो । तस्विर :बिशाल गौतम
 कल्चर एण्ड टुरीजम विधामा तेस्रो हुन सफल फोटो । तस्विर : रजेन्द्र केसी
 दैनिक जीवन विधामा पहिलो हुन सफल फोटो । तस्विर : सुरज श्रेष्ठ
दैनिक जीवन विधामा दोस्रो हुन सफल फोटो । तस्विर : पद्मसागर कक्षपती
 दैनिक जीवन विधामा तेस्रो हुन सफल फोटो । तस्विर : दिवाकर मास्के
 प्रकृति र वन्यजीवन विधामा पहिलो हुन सफल फोटो । तस्विर: दिपेन्द्र महर्जन
 प्रकृति र वन्यजीवन विधामा दोस्रो हुन सफल फोटो । तस्विर: यात्रा थुलुङ

 प्रकृति र वन्यजीवन विधामा तेस्रो हुन सफल फोटो  । तस्विर: दिनेश गोले
नेपाल स्माइलमा पहिलो स्थान पाउने फोटो : सिजन कार्की –
नेपाल स्माइलमा पहिलो स्थान पाउने फोटो : सिजन कार्की

 नेपाल स्माइलमा दोस्रो स्थान पाउने फोटो : निश्चल ओली
नेपाल स्माइलमा तेस्रो स्थान पाउने फोटो : नारायण महर्जन

नेपाल स्माइलमा दोस्रो स्थान पाउने फोटो : निश्चल ओली
 फोटो कथा विधामा पहिलो स्थान प्राप्त फोटो । तस्विर: शैलेन्द्र खरेल

 फोटो कथा विधामा दोस्रो स्थान प्राप्त फोटो । तस्विर: विरेन्द्र बज्राचार्य

 फोटो कथा विधामा तेस्रो स्थान प्राप्त फोटो । तस्विर: किरण पाण्डे

 खेलकुद विधामा पहिलो हुने फोटो । तस्विर: पार्वती लामा

खेलकुद विधामा दोस्रो हुने फोटो । तस्विर: सञ्जिबकुमार मोक्तान
 खेलकुद विधामा तेस्रो हुने फोटो । तस्विर: मनिष पौडेल
समाचारविधामा पहिलो हुने फोटो । तस्विर: शैलेन्द्र खरेल
 समाचारविधामा दोस्रो हुने फोटो । तस्विर: अशोक दुलाल
 समाचारविधामा तेस्रो हुने फोटो । तस्विर: निरञ्जन श्रेष्ठ
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।