असार १४ । राजधानी काठमाडौँ धक्का महसुस हुने गरी देशका विभिन्न भागमा भुकम्पको धक्का महसुस गरिएको छ ।
रुकुमको रुकुमकोट नजिकै केन्द्रबिन्दु बनाएर ५ दशमलव ५ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
शुक्रबार अपराह्न करिब ५ बजेर २५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको थियो ।
देशका अन्य भागको तुलनामा पश्चिम नेपालमा भुकम्पको धक्का बढी महसुस गरिएको छ ।