असार १३ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले मुलुकमा सही रुपमा राजनीति अगाडि बढ्न नसक्दा शिक्षामा सुधार नभएको बताएका छन् ।

अहिलेको शिक्षाले बेरोजगार उत्पादन गरेको बताउँदै उहाँले अबका दिनमा यसको अन्त्य गर्नुपर्ने बताए ।

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन रुपन्देहीले आयोजना गरेको जिल्लामा एसएलसी उत्तीर्ण विद्यार्थी सम्मान समारोहलाई सम्बोधन गर्दै नेता ओलीले एसएलसीको नतिजा प्रत्येक वर्ष डरलाग्दो गरी खस्कँदै जानुमा राज्यको शैक्षिक प्रणाली नै प्रमुख कारक भएको बताए ।

शिक्षा क्षेत्रको विकासका लागि देशको आवश्यकताअनुसार विविध खालको शिक्षाको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस अवसरमा नेता ओलीले रुपन्देहीबाट २०६९ सालको एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी र विद्यालयलाई सम्मान गरे ।

सो अवसरमा सामुदायिक र निजी विद्यालयबाट जिल्ला प्रथम हुन सफल विद्यार्थीसहित उत्कृष्ट नतिजा ल्याउने ९६५ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।