असार १३ । अन्तर्राष्टिय बजारमा सुनको भाउमा आएको गिरावटसँगै नेपालमा पनि सुनको मूल्यमा उतारचढाव भइरहेको छ ।

बुधबार मात्रै ८५० ले ओरालो लागेको सुनको मूल्य बिहीबार भने डेढ समयले वृद्धि भएको छ ।

सुनको मूल्य बुधबार तोलामा ४९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज भने डेढ सयले बढेर ४९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

झण्डै एक महिना अगाडी भाउ घटेर तोलामा ४९ हजार ७ सय रुपैयाँसम्म झरेको सुनको भाउ त्यसपछि बढेर ५३ हजार रुपैयाँसम्म पुगेको थियो । गएको आइतबारदेखि भने लगातार भाउ घट्दै बुधबार ४९ हजार ३ सय ५० रुपैयाँमा झरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।