ट्वान्टी ट्वान्टीमा इङ्ग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड विजय

असार १२ । इङ्ग्ल्याण्ड विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ ।

२ दिन अघि मात्रै च्याम्पियन्स ट्रफीमा भारतसग ५ रनको हार ब्यहोरेको इंग्ल्याण्ड न्युजील्याण्डसग पनि ५ रनले नै हार्यो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

लण्डनको केनिङटन ओभलमा भएको खेलमा २ सय २ रनको लक्ष्य पच्छयाएको इंग्ल्याण्डले निर्धारीत ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन मात्रै जोड्न सक्यो । इंग्ल्याण्डका लागि ल्युक राइटले ५२ रन बनाएपनि त्यो टिमका लागि पर्याप्त भएन ।

पहिले ब्याटिङ गरेको न्युजील्याण्डले पूरै ओभर खेलेर ४ विकेट गुमाउदै २ सय १ रन बनाएको थियो । टिमका लागि व्रेन्डन म्याककुलमले सर्वाधीक ६८ र हामिस रुथरफोर्डले ६२ रनको योगदान गरे । न्युजील्याण्ड र इंग्ल्याण्डबीचको दोश्रो ट्वान्टी ट्वान्टी क्रिकेट बिहीबार हुनेछ ।