असार १२ । मोबाइल बोक्न युवादेखी बुढा सम्मलाई रहर र  बाध्यता छ तर अहिले लोपोन्मुख जाती राउटेलाई पनि मोवाइलमा कुरा गर्न रहर लाग्ने गरेको सल्यानका राउटेमा पाइएको छ ।

जंगलमा बस्ने राउटेहरूले टेलिफोनमा कुरा गर्न रहर लाग्ने बताएका छन ।  उनीहरु बस्ने स्थानमा फोन  नभए पनि फोन गर्न  घन्टौं लगाएर फोन भएको स्थानमा आइपुग्दछन ।  सल्यान र सुर्खेतको सीमाना खानीखोलाको जंगलमा बस्दै  आएका राउटेहरु  अहिले सुर्खेतको गुमी गाविसमा आउने गरेको स्थानियहरु बताउछन ।

 उनीहरुले फोनमा कुरा गर्न   र हालखबर बुझिने भएकोले अत्यन्त रमाइलो हुने बताउछन ।आफ्नो बस्तीमा कुनै समस्या आए, उनीहरू राउटे उत्थान प्रतिष्ठानका पदाधिकारीलाई फोन गरेर जानकारी दिने गरेको  हुन्छन ।

उनीहरु बस्तीमा लाई समस्या परेपछि फोन  गर्न गाउमा आउने गर्दछन ।

अहिले उनीहरुले मोवाइल बोक्ने रहर भएको बताएका छन । चलाउन  नजान्ने भएकोले  समस्या पर्ने हो की भन्दै राउटेहरु डराउने गरेका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।