असार १२ । अमेरिकी राष्ट्रपति बाराक ओबामा एक हप्ता लामो भ्रमणका लागि बुधबार अफ्रिकी देश जाने भएका छन ।
उनले अफ्रिकाका तीन देश दक्षिण अफ्रिका, सेनेगल र ताञ्जानियाको भ्रमण गर्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बताएको छ।
यसअघि उनले दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलासँग भेट्न कार्यक्रम तय भएको थियो ।
ओबामाले पूर्व राष्ट्रपति मण्डेलाका परिवारलाई भेट्नुहुने कार्यक्रम राखिएको छ । राष्ट्रपति ओबामा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलालाई राखिएको प्रिटोरियास्थित अस्पताल भेट्ने छन ।