धुलिखेल २४ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मुखैमा मन्त्रीमण्डल पुनगर्ठन तथा चुनाव सार्नेसम्मको तयारीका तयारी गरिरहेको खबरहरु आईरहेको अवस्थामा निर्वाचन आयोगले पुनः सरकारलाई अप्रिय निर्णय नलिन आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेका हुन् ।
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालीमको मंगलबार
उद्घाटन गर्दै उनले आयोग निर्वाचनको व्यवस्थापन तथा तयारी जोडतोडका साथ अघि बढिसकेको हुँदा निर्वाचनलाई अप्रिय हुने खाले निर्णय नलिन आग्रह गरे ।
डा यादवले भने, “निर्वाचनको मिति जति नजिकिँदै आइरहेको छ, राजनीतिले हामीलाई त्यति नै अप्ठेरो महसुस गराइरहेको छ, के–कसो हुन्छ भन्ने अवस्था रहेको छ, निर्वाचनको मुखमा आएर अप्रिय किसिमको निर्णय भएमा आयोगलाई अप्ठेरो हुन्छ ।”
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।