नुवाकोटको खम्बाक्याम्प जग्गा दिने विरुद्ध अनिश्चितकालीन नुवाकोट बन्द

असार ११ । नुवाकोटको किम्ताङका पहिरो पीडितलाई सरकारले विदुर नगरपालिका–६ स्थित खम्बाक्याम्पमा स्थानान्तरण गर्न लागेको भन्दै स्थानीयवासीले आजदेखि अनिश्चितकालीन नुवाकोट बन्दको घोषणा गरेका छन्।

स्थानीयवासीले पहिरो पीडितलाई खम्बाक्याम्प स्थानान्तरण गर्न नदिने भन्दै ‘चण्डीपोखरी खम्बाक्याम्प जग्गा बचाउ सङ्घर्ष समिति’ गठन गरेर आजदेखि अनिश्चितकालीन नुवाकोट बन्द घोषणा गरेका छन् ।

बन्दका कारण जिल्लामा यातायात, शैक्षिक संस्था, बजार तथा पसल, उद्योग, कलकारखानालगायतका क्षेत्रहरु ठप्प भएका छन् ।

यसैगरी नुवाकोट बन्दका कारण रसुवाबाट नुवाकोट हुदै  काठमाडौँ  जाने यातायातका साधनहरु समेत प्रभावित भएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।