असार ११ ।  बस यात्रामा जाँदा राजमार्ग छेउका होटल, रेष्टुरामा गुणस्तरहीन खाने कुराको  प्रयोग बढि पाइएपछि त्यसलाई सुधार गर्न सरकारले यस विषयमा जनचेतनाका लागि आफु चढेको  सवारी साधनबाट होटल, रेष्टुराको बारेमा  थाहा पाउने व्यवस्था मिलाउदै छ ।

राजमार्गका वर्गीकृत होटल रेष्टुराका बारेमा सार्वजनिक गाडीमै स्टिकर टाँसेर प्रचारप्रसार गर्ने तयारी भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

सफा र गुणस्तरीय खानेकुरा बिक्री गर्नेलाई हरियो स्टिकर, केही सुधार गर्नुपर्नेलाई पहेँलो भित्र एउटा रातो धर्को, धेरै सुधार गर्नुपर्नेलाई पहेँलोमा दुईवटा धर्को र सबै भन्दा खराब खानेकुरा बिक्री गर्नेलाई रातो स्टिकरको व्यवस्था गरिएको छ । होटल, रेष्टुरामा   सरसफाई र गुणस्तरका आधारमा यस्तो  वर्गिकरण गरीएको हो  ।

धादिङ र चितवनका १ सय ५० वटा होटल, रेष्टुरालाई वर्गीरण गरी स्टिकर टाँसिएको  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।