असार ११ । कम उमेरकी यौन व्यवसायीसँग यौन सम्पर्क राखेपछि इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बुर्लुस्कोनीले ७ वर्षको जेल सजाय पाएका छन् ।
अदालतले बुर्लोस्कोनीलाई आफ्नो जिन्दगीभर कुनै पनि सार्वजनिक पदमा रहन प्रतिबन्ध समेत लगाएको छ ।
इटलीको एक अदालतले रुबी भनिने १७ वर्षिय यौनकर्मी किशोरीसँग सन् २०१० मा ठूलो रकम दिएर शारीरिक सम्बन्ध राखेको आरोप अदालतले पुष्टि गर्दै उक्त सजाय तोकेको हो ।
इटालीको कानुन अनुसार १८ वर्ष भन्दामुनिका नाबालिगमा पर्छन् । नाबालिगसँग पैसा दिएर सेक्स गर्नु गैरकानुनी मानिन्छ ।
तर दुवै जनाले भने अदालतको उक्त कुरालाई खण्डन गर्दै आफूहरुले अहिलेसम्म शारिरीक सम्बन्ध नराखेको बताउँदै आएका छन् ।
बिबिसीका अनुसार सन् २०१० मा बुर्लोस्कोनीको निजी आवासमा एक पार्टीको आयोजना भएको थियो । जहाँ डान्सर रुबीलाई बोलाइएको थियो ।
सो पार्टीमा रुबीलाई डान्सरका रुपमा बोलाइएको र उक्त पार्टीपछि नाबालिग यौनकर्मी रुबीले ७ हजार युरो प्राप्त गरेकी थिइन् । पछि आरोपीहरुले सोही विषयलाई लिएर शारीरिक सम्बन्ध भएको दाबी गर्दै आएका छन् ।
अन्तर्राष्टिय सञ्चारमाध्यमहरुका अनुसार रुबीले आफूले पाएको रकम बुर्लुस्कोनीले आफूलाई उपहार दिएको बताएकी छन् ।