सुर्य क्षेत्री
जनसम्पर्क समिति कोरियाले दैविक प्रकोप प्रभावितलाई आर्थिक सहयोग संकलन गर्ने भएको छ ।

गत आइतबार जुन २३ तारिक जनसम्पर्क समितिको सभापति गंगा थापा श्रेष्ठको अध्यक्षतामा आकस्मिक रुपमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले देसका विभिन्न ठाउहरुमा भएको दैविक प्रकोप सहयोगार्थ तथा समितिको केन्द्रिय महाधिबेसन सम्बन्धि विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

उक्त बैठकले आफ्नो माऊपार्टी नेपाली कांग्रेसको अभियान दैविक प्रकोप उद्दार तथा आर्थिक सहयोगमा सम्पूर्ण पार्टी आबद्ध तथा भात्री संघसंस्था मा क्रियासिल सदस्यहरुलाई अनिवार्यरुपमा सक्दो सहयोग गर्न निर्देसित सुचना बमोजिम प्रवास भात्री संघठन जनसम्पर्क समिति दक्षिण कोरियाले पनि समितिको सभापति श्रीमती गंगा थापा श्रेष्ठको संयोजकत्त्वमा समितिका केन्द्रिय सदस्य तथा सम्पूर्ण क्षेत्रका क्षेत्रीय सभापति हरु पधेन सदस्य रहने गरि दैविक प्रकोप आर्थिक सहयोग समिति गठन गरेको छ । उक्त समितिले यहि जुलाई १४ तारिक भित्र कोरियास्थित क्रियासिल सदस्य तथा साधारण सदस्य हरु बाट स्वोच्छिक रुपमा आर्थिक संकलन गरि सक्नुपर्ने र संकलित रकम कार्यसमितिको निर्णय बमोजिम केन्द्रमा पठाउने जिम्बेवारी दिएको छ । महाधिबेसन सम्बन्धमा महामन्त्री प्रकाश खनालको संयोजकत्त्वमा राजेश लामा, प्रकाश वली सदस्य रहने गरि ३ सदसीय फर्म तथा कृयसिल सदस्यता तयारी उपसमिति गठन गरेको छ ।

उक्त समितिले यहि जुलाई १४ तारिक सम्ममा सम्पूर्ण क्षेत्रका क्षेत्रीय सभापतिहरुसंग समन्वय गरि साधारण सदस्यता फर्म तथा क्रियासिल सदस्यता संकलन गरि रुजु तथा प्रमाणित गर्ने जिम्मेवारी दिएको छ । यसरि समितिले आसन्न जुलाई २८ तारिक हुन गैरहेको समितिको केन्द्रिय महाधिबेसनलाई सफल बनाउन कोरिया स्थित सम्पूर्ण नेपाली कांग्रेस प्रति आस्थावान तथा लोकतन्त्र प्रेमी महानुभाब हरुलाई आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्नु हुन पनि अनुरोध गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।