आज सुपर मुन, चन्द्रमा देखिदैछ सबैभन्दा नजिक र चम्किलो

असार ९ । आकासमा आज बेलुका चन्द्रमा अरु दिनको भन्दा केही ठूलो र चम्किलो देखिने भएको छ ।

चन्द्रमा आज  पृथ्वीबाट सबैभन्दा नजिक आउने भएकाले  ठुलो देखिने भएको छ । चन्द्रमा आफ्नै बाटोमा हिँडिरहेका बेला वर्षमा एक पटक पृथ्वीको सबैभन्दा नजिक आइपुग्छ यही दिन आज भएको खगोलबिदहरुले बताएका छन । आजको दिनलाई सुपरमुन समेत भन्ने गरिएको छ ।

  चन्द्रमाको आकार सदाको भन्दा   ठूलो र हेर्दा चक्किलो देखिने भएको छ । आजको दिनलाई  नेपाली समाजमा पूर्णिमा झरिलो चन्द्रमा भन्ने गरेको पाइन्छ।

 यस अवस्थामा  चन्द्रमालाई  नाङगो आँखाले  हेर्न सकिने खगोलविदले जनाएका छन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।