असार ९ ।  पाकिस्तानमा  अज्ञात बन्दुक धारीबाट एक होटलमा बसिरहेका  पर्यटक माथी  गोली चलाउला ९ जना पर्यटकको मृत्यु भएको  छ ।

 मृत्यु हुनेमा ५ जना युक्रेनी नागरिक ३  चिनिया र १ जना रसियन नागरिक रहेको बिबिसीले जनाएको छ । गोली कसले र के उदेश्यका   लागि पर्यटक माथी प्रहार गरेको हो भन्ने  खुलेको छैन ।

 उत्तरी पाकिस्तानको  उक्त क्षेत्र पर्यटककम लागि  प्राकृतिक सम्पदाको लागि उत्तम स्थान  हो ।

 उक्त क्षेत्र पहाडी भुभाग भएकोले हेलिकप्टर बाट गोली चलाउनेको खोजी कार्य  तिब्र पारीएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।