काठमाडौं २० असोज
उत्तरी छिमेकी राष्ट्र चीनले नेपाल घुम्न आउने आफ्ना नागरिकलाई भारत नछिर्न निर्देशन दिएको छ । 
चीन सरकारले एक ‘ट्राभल एड्भाजरी’ जारी गर्दै आफ्ना नागरिकलाई नेपाल र भारतको सीमा क्षेत्रको यात्रामा सचेत हुन भनेको हो । 
चीनले आफ्ना नागरिकलाई सीमा क्षेत्रमा खटिने भारतीय सुरक्षाकर्मी, सुरक्षा निकायको भौतिक पूर्वाधार र सवारीको फोटो नखिच्न समेत आग्रह गरेको छ ।
सीमा क्षेत्रका बजार भ्रमण नगर्नु र भुक्किएर एक देशबाट अर्को देशमा प्रवेश नगर्नू’ निर्देशनमा भनिएको छ ।
दोक्लाम विवादपछि चीनले आफ्ना नागरिकमाथि ‘ट्राभल एड्भाजरी’ जारी गर्दै यस्तो सचेतता गराएको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।