असार ४ । सिरहाको चिकना गाविस– ३ की एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

खेतमा काम गर्न गएकी बालिकालाई कोही नभएको मौका छोपी स्थानीय ३३ वर्षीय सुरेश यादवले हिजो साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कृत बालिकाले बेहोस अवस्थामा घर पुगी घटनाबारे बाबुआमालाई जानकारी गराएपछि पीडित उनीहरुले इलाका प्रहरी कार्यालय कल्याणपुरलाई घटनाबारे जानकारी गराएका थिए ।

आरोपित सुरेश घटनापछि फरार भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक मनोज न्यौपानेले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको उनले बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।