असार २ । चितवनको कुरिनटारस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रमा डुबेर बेपत्ता भएकाहरुको अवस्था अझै पनि पत्तो लाग्न सकेको छैन । उनीहरुको आज बिहानैदेखि खोजी कार्य भइरहेको छ ।

सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शनिबार अपराह्न त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एकजनालाई नदीले बगाएपछि बचाउने क्रममा क्रमशः पाँचजनालाई नदीले बगाएको थियो ।
चितवन प्रहरीका अनुसार बेपत्ता हुनेमा भरतपुर–५ का मोनिका रेग्मी, रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता थापा मगर र जनक राउत रहेका छन् ।

सो घटना पानी घुम्ने ठाउँमा भएको र नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा कठिनाइ भएको छ ।

बेपत्ता भएकाहरूलाई नदीले बगाएर तलतिर लगेको हुन सक्ने आशङ्कामा नारायणी नदी आसपासमा पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।