असार १ । पाकिस्तानको क्वेटामा भएको शक्तिशाली बम बिस्फोटमा ११ महिलाको ज्यान गएको विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

महिला विश्वविद्यालय बाहिर बसमा गरिएको आक्रमणमा अन्य २२ जना घाइते भएको र उनीहरुको उपचार भईरहेको छ ।

कक्षा सकिएर घर फर्कने समयमा विश्वविद्यालयको परिसरभित्र रहेको बसमा बिस्फोट भएको हो ।

अधिकांश घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै घाइतेहरुको उपचार भैरहेको बोलन मेडिकल कम्पेक्समा पनि बिस्फोट भएको छ ।

अस्पताल क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने त्यस क्षेत्रमा लामो समयसम्म पनि गोली चलेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।