जेठ २३ । सिन्धुली जिल्लाको झांगाझोली गाविस–३ स्थित साबी खोला नजिक गएको पहिरोले एकै परिवारका तीनजनालाई बगाएको छ ।
साबी खोलामा नयाँ बाटो निर्माणका क्रममा आज बिहान पहिरो जाँदा सो घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ७ः३० बजे भएको सो घटनामा दुई महिला र एकजना पुरुषलाई पहिरोले बगाएको हो ।
यसैबीच, करिब १०:४५ बजे बालुवामा पुरिएका पुरुषको लास प्राप्त भए पनि अहिलेसम्म उनको पहिचान हुन सकेको छैन । खोलाले बगाएकाहरूमा श्रीमान्, श्रीमती र नातिनी हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।




En la silla.
El sonido
perpetuo de
la noche
encantada,
una dulce
poesía, el llanto,
el ardor, la
nueva emoción
que candida
viene….
Francesco Sinibaldi