जेठ १४ ।  खाना पकाउने क्रममा प्रेसरकुकर पड्कँदा भएको आगालागीमा विराटनगर उपमहानगरपालिकामा  रु १० लाख बराबरको क्षति भएको छ । 

 सोमबार साँझ ८:३० बजे विराटनगर उपमहानगरपालिका–१० स्थित प्रेमनिधि तिवारीको घरमा खाना पकाउने क्रममा प्रेसरकुकर पड्कँदा आगो  सल्कन पुगेको थियो ।

    सल्केको आगोमा परेर खाना पकाउने ग्यासको सिलिन्डर पनि विस्फोट हुँदा आगोले घरको धनमाल जलेर नष्ट भए पनि मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी गराएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।