जेठ १४ । नुवाकोटमा जात्राबाट फर्किँदा चौघडाकी एक युवती बलात्कृत भएकी छन् ।

चौघडा–६ का ३० वर्षीय ‘ज्याक’ भनिने देवबहादुर राईले स्थानीय देवाली जात्राबाट फर्किँदै गर्दा गणेशस्थान गाविस बाह्रविसे भन्ने स्थानमा विवाहितालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिएका छन् ।

शनिबार अपराह्न भएको बलात्कार घटनाका पीडक राईलाई स्थानीयवासीले थलोमै समातेर प्रहरीलाई बुझाएका थिए ।

राईलाई अदालतबाट सोमबार छ दिनको म्याद लिएर जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।