जेठ १३ । भारतको उत्तर प्रदेशमा सोमबार बिहान एक बस एक नहरमा खस्दा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ ।

दुर्घटनामा २३ व्यक्तिलाई उद्धार गरिएको छ र घाइतेलाई अस्पताल लगिएको छ । दुर्घटना लखनऊबाट २६५ किलोमिटर पर एताह जिल्लामा भएको स्थानीय प्रशासक लोकेश एमले बताए ।

लोकेशले मर्नेमा एकै परिवारका ११ व्यक्ति परेको र उनीहरू अलीगञ्जमा विवाहमा भाग लिइ नयाँ दिल्लीतर्फ गइरहेको जानकारी दिए ।

राज्यले सञ्चालन गरेको उक्त बसको चालकले एक ट्रकलाई उछिन्न खोज्दा नियन्त्रण गुमाइ उक्त दुर्घटना भएको ती अधिकारीले बताए ।

मे ८ मा हिमाञ्चल प्रदेशमा एक बस नदीमा खस्दा ३३ यात्रुको मृत्यु भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।