जेठ १३ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आधार गुमेको माओवादीले आत्तिएर आफुमाथि आक्रमण गरेको बताएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले एकीकृत नेकपा माओवादीको आधार इलाकामा आफ्नो जनमत गुम्दै गएपछि अत्तालिएकाले आफूमाथि आक्रमण भएको बताए ।

दाङमा पत्रकारसँग थापाले बको चुनावमा काँग्रेसको बहुमत आउने देखेपछि माओवादीले कारता देखाउन थालेको समेत टिप्पणी गरे ।

थापाले हिजो रुकुममा आफुमाथि भएको आक्रमणको जवाफ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनुपर्ने समेत बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।