जेठ १३ । फ्लाई स्काई इन्टरनेशनल एयर होस्टेज एकेडेमीले स्थापना भएको एक वर्षमै अन्तराष्ट्रिय मान्यता प्राप्त गर्न सफल भएको छ ।

एकेडेमीले यस अघि भने ४ वर्षदेखि सिजन मिडियाद्वारा एयर होस्टेज सम्बन्धी प्रतियोगीतात्मक कार्यक्रम गर्दै आएको थियो ।

सिजन मिडियाद्वारा सञ्चालित प्रतियोगितालाई नै प्रबन्ध निर्देशक प्रदिपराज वन्तले गत वर्षदेखि भने फ्लाई स्काई इन्टरनेशनल एयर होस्टेज एकेडेमीको नाममा एयर होस्टेज सम्बन्धी तालिम, व्यक्तित्व विकास र टेलिफोन अपरेटर कक्षा लगायत सञ्चालनमा ल्याएका छन् ।

एकेडेमीले स्थापना भएको पहिलो वर्षमा नै अमेरिका स्थित इन्टरनेशनल एक्रिडिएसन अर्गनाइजेसन (आइएओ( बाट अन्तराष्ट्रिय मान्यता प्राप्त गर्न सफल भएको हो ।

फ्लाइ इकाई इन्टरनेशनल एकेडेमीका प्रबन्ध निर्देशक वन्तले आफ्नो संस्थाले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेकोमा खुशी व्यक्त गरे ।

अन्तराष्ट्रिय प्रमाणपत्र आफ्नो संस्थाले पाउनुको पछाडि संस्थाको काम अन्तर्राष्ट्रिय जगतमा विश्वासिलो र गुणस्तरयुक्त भएको उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।