जेठ ११ । बाराको हरैया गाउँ विकास समिति–६ नयाँबस्तीकी ४५ वर्षीया प्रमिला लोहनीको चारकोसे जङ्गलमा भएको हत्या बलात्कारपछि हुनसक्ने अनुमान गरिएको छ ।

    दाउरा लिन हिजो बिहान घरबाट निस्केकी लोहनीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    महिलाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिप्रकाले जनाएको छ ।

बस्तीबाट करिब पाँच किलोमिटर टाढाको जङ्गलमा ती महिलाको शव फेला परेको हो । घटनास्थलमा प्रहरीनायब उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा प्रहरीको टोली पुगेर अहिले थप अनुसन्धान गरिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।