दार्चुलामा बस दुर्घटनामा साँतको मुत्यु

जेठ ९  – दार्चुलाको गोकुलेश्वर गाविस ६ मा आज  बिहान  ७ बजे भएको बस दुर्घटना  हुँदा   अहीले सम्म ७ जनाको मुत्यु भएको छ  ।

महेन्द्रनगरबाट छुटेको बस  दार्चुला सदरमुकाम खलङ्गाका पुग्ने क्रममा दुर्घटना भएको हो ।  ना ४ ख ८२८५ नम्बरको बस बिहान  सडकबाट करिब ५०  मिटर तल खस्दा अरु ४१ जना घाइते भएका छन् ।

मुत्युहुने हरुमा गाडी मालिक बैतडीका कृष्ण भट्ट, दर्चुला सर्मालीका गोपाल खत्री र पिताम्बर साउद, भारतको बालुवाकोटका महादेव भट्ट, मथुरादत्त भट्ट दार्चुलाकै खरकडा गाविसका नरसिंह धामी, र मोतीराम भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक कुबेरसिंहले  बताए ।

आज हुन गईरहेको  शिक्षक सेवा आयोगको परीक्षा दिन व्यतिहरु धेरै सवार भएपछि अत्याधिक भार  र सडकको अवस्था पनि  अप्ठारो भएकोले गाडी पल्टिएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।