जेठ ८ । ओखलढुंगाको रानीवनमा हेलिकप्टर दुर्घटना भएको भनेर भ्रामक कुरा फैलाउने व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ ।

मंगलबार रानीवन ५ निवासी राजकुमार श्रेष्ठले हेलिकप्टर दुर्घटना भएको भन्दै हल्ला फैलाएका थिए । उक्त हल्ला मिडिया तथा सोसियल सञ्जालहरुमार्फत देश विदेशसम्म सनसनी फैलिएको थियो ।

उनलाई हिजै नेपाल प्रहरी र शसस्त्र प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको बताएइएको छ ।

झुटो खबर किन फैलाए भन्ने विषयमा उनलाई थप सोधपुछको लागि आज जिल्ला प्रहरी कार्यालयमा लगिने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।