काठमाडौं ५ असोज
 कांग्रेस कार्यकर्ताले भोज र पैसा खाएर भोट नहालेको भन्ने विषयमा विवाद उत्पन्न हुँदा रौतहटमा एकको ज्यान गएको छ ।

कटहरिया नगरपालिका–८ बलुवाटोलमा नेपाली कांग्रेस र राजपा समर्थकबीच झडप हुँदा एक जनाको मृत्यु हो ।

कांग्रेस कार्यकर्ताले भोज पनि खाएको र पैसा पनि लिएको तर, भोट राजपालाई हालेको आरोप लगाएपछि विवाद भई झडप हुँदा ५० वर्षीय रामपुकार राय यादवको मृत्यु भएको हो ।

 उनीमाथि टाउकोमा लाठी लागेको थियो । लाठीले टाउकोमा लागेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।