काठमाडौं ५ असोज
स्थानीय तह अन्तर्गत प्रदेश दुईमा नेकपा एमालेलाई तेस्रो दल बन्न पनि कठिन देखिएको छ । अहिलेसम्म सार्वजनिक मतपरिणाम र अग्रताको आधारमा एमाले चौथो स्थानमा रहेको छ ।
यता, संघीय समाजवादी फोरमले पहिलो स्थानमा रहेको नेपाली कांग्रेसलाई कडा टक्कर दिईरहेको छ । कांग्रेस ७ वटा स्थानीय तहमा जितसहित २९ स्थानमा अग्रता कायम राखेको छ । दोस्रोमा भने ३ स्थानीय तहमा विजयी हुँदै संघीय समाजवादी फोरमले २५ स्थानमा अग्रता कायम राखेर कांग्रेसलाई कडा टक्कर दिईरहेको छ ।
नेकपा माओवादी केन्द्रले ३ स्थानीय तहमा जित निकाल्दै १९ स्थानमा अग्रता कायम राखेर तेस्रो स्थान कायम राखी रहेको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो दल बनेको एमाले भने ४ स्थानमा जितसहित १६ ठाउँमा अग्रता कायम राखेको छ । जितमा दोस्रो स्थानमा रहे पनि अग्रताका हिसाबले एमाले चौथोमा छ ।
यस्तै, २ स्थान जितसहित १६ स्थानमा अग्रता राख्दै राजपा पनि चौथो दल बन्न मैदानमा छ । फोरम लोकतान्त्रिकले भने २ स्थानमा जित हासिल गरेर १ स्थानमा अग्रता कायम राखेको छ ।
Comments