बैशाख २६ । भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली चार वर्षिया बालिका बलात्कारको सिकार बनेकी छन् ।

नयाँदिल्लीस्थित चिराग देल्हीको घरमा सुतिरहेको अवस्थामा उडिसाका विजय कन्दुल लाले बुधबार साँझ बलात्कार गरेका हुन् ।

अर्घाखाँची घर भई परिवारसँग चेराग देल्लीमा परिवारसँग बस्दै आएकी बालिकाकी आमा काममा बाहिर गएको मौकापारी कन्दुललाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको सिकार बनेकी बालिकाको अवस्था गम्भीर रहेको र उनको अलइन्डिया मेडिकल अस्पताल एम्समा आइसीयूमा उपचार भइरहेको छ ।

बलात्कारमा संलग्न कन्दुललालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो पटक नयाँदिल्ली महिलाहरुका लागि निक्कै असुरक्षित शहर बन्दै गएको छ । भारतमै यसअघि पनि एक नेपाली बालिका बलात्कृत भएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।