बैशाख २३ । सुरुका दुई खेलमा पराजय बेहोरे पनि त्यसपछिका सबै खेलहरुमा लगातार जित हासिल गर्दै नेपालले फाइनलमा युगाण्डालाई पनि ५ विकेटले पाखा लगाउँदै विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधी आफ्नो कब्जामा पार्न सफल भएको छ ।

युगान्डा र अमेरिकासँगको पहिलो दुई खेलमा झड्का बेहोरेको नेपालले पछिल्ला ३ खेलमा चमत्कारिक जित हासिल गरेर आयोजक बर्मुडा, ओमान र इटालीलाई उछिन्दै डिभिजन २ मा उक्लिएको थियो ।

त्यसपछि समूह चरणमा युगान्डासँग आफ्नो खेलको दोस्रो हार बेहोरेको नेपालले फाइनलमा भने युगाण्डासँग बदला लिँदै डिभिजन ३ को च्याम्पियनसिप बनेर उपाधि समेत कब्जा गरेको हो ।

नेपालको क्रिकेट खेलमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धी पनि हो ।

उपलब्धी कब्जा जमाउन युगान्डाले बनाएको १ सय ५२ रनको जवाफी ब्याटिंग गरेको नेपालले ३९.२ ओभरमा ५ विकेट बाँकी छँदै पूरा गरेको थियो ।

उपाधी आफ्नो पोल्टामा पार्नका लागि नेपालका लागि प्रदिप ऐरी ६०, सरद भेसवाकर ५०, विनोद भण्लेडारी ५, पृथु बाँस्कोटाले १९ पारस खड्का १, ज्ञानेन्द्र मल्ल ५, सुबास खकुरेल ४ रन बनाएर आउट भएका थिए भने
सरद र पृथु अभिजित रहे ।

त्यस्तै टस हारेर सुरुमा बलिंग गरेको नेपालका लागि पृथु बास्कोटा, पारस खड्का, शक्ति गौचनले १/१ र बसन्त रेग्मी र राहुल बिश्वकर्माले २/२ विकेट लिएका थिए ।

समूह चरणको खेलमा भने युगान्डाले नेपाललाई ६ विकेटले हराए पनि फाइनलमा नेपालले बदला लिन सफल भएको हो ।

अब नेपालले १० टोली समावेश विश्वकप क्लालिफायर खेल्नेछ।

प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, क्यानाडा, केन्या, स्कटल्यान्ड युगान्डा, हङकङ, पपुवा न्युगिनी, युएई र नामिबिया छन्।

यो प्रतियोगिताको शीर्ष दुई टिमले विश्वकप क्रिकेट खेल्नेछन् भने त्यसपछिका दुई टिमले चार वर्षसम्म एक दिवसीय क्रिकेटको मान्यता पाउनेछन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।