बैशाख ९ – नेकपा–माओवादीलगायत विभिन्न ३३ राजनीतिक दलले देशव्यापी रूपमा जनसभा गर्ने लगायतका कार्यक्रम घोषणा गरेका छन् ।

ती दलका तर्फबाट आइतबार जारी गरिएको प्रेस वक्तव्यमा जनाइएअनुसार यही वैशाख १४ गते नागरिकता र मतदाता नामावलीलगायत विषयमा विचार गोष्ठी तथा अन्तक्र्रिया तथा विराटनगरमा भारत सरकारले राखेको सम्पर्क कार्यालय बन्द गराउन नेपालस्थित भारतीय दूतावासमा विरोधपत्र पेस गरिने छ ।

पुरै आन्दोलनका कार्यक्रम यस्ता रहेका छन् :

– बैशाख ८ गते — निर्वाचन आयोगमा नागरिकता र मतदाता नामावलीको अभियानको विरोधमा विरोधपत्र बुझाउने ।
– बैशाख १४ गते — नागरिकता र मतदाता नामावलीको विषयलाई केन्द्रित गरी विचार गोष्ठी÷अन्तरक्रिया गर्ने ।
– बैशाख १६ गते — भारतीय दूतावासमा विराटनगर भारत सरकारले राखेको क्याम्पको विरोधमा विरोधपत्र पेश गर्ने ।
– बैशाख १८ गते— बसन्तपुरमा संयुक्त रुपमा मे दिवस मनाउने ।
– बैशाख २० गतेदेखि २५ गतेसम्म — ईटहरी, लहान, काठमाडौं, पोखरा, सुर्खेत, महेन्द्रनगरमा जनसभा गर्ने ।
– जेठ २० गतेदेखि १५ गतेसम्म — मेची महाकाली (मेम) अभियान सञ्चालन गर्ने ।
अभियानको नारा
राष्ट्रिय स्वाधीनताका पक्षमा र प्रतिगामी कदमका विरुद्धमा जनजागरण अभियान
– जेठ १५ गते — मेची महाकाली अभियानको समापन काठमाडौंमा गर्ने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।