बैशाख ९ – अंशण्डाको विषयलाई लिएर कैलालीमा एक जनाले कान्छी श्रीमतीको पेट र छोराको कोखमा छुरा प्रहार गरेका छन् ।
कैलालीको गेटा गाविसमा ६० वर्षीय वियज भट्टले श्रीमती र छोरालाई चक्कु प्रहार गरेका हुन्।
चक्कु प्रहारबाट उनकी श्रीमती ४५ वर्षीया भागरथी भट्ट र २३ वर्षीया छोरा चन्द्रकान्त भट्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट घाइते भएका आमा छोराको पद्मा अस्पतालमा उपचार हुन नसकेपछि भारतको हल्दवानी रेफर गरिएको छ।
चक्कु प्रहार गर्ने विजय भट्ट फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
Comments