६० हजार डाक्टरको गोजीमा परेपछि परपुरुषसँगको पाँच महिनाको गर्भपतन

बैशाख ७ – श्रीमान् वैदेशिक रोजगारमा गएको बेला परपुरुषसँग यौनसम्बन्ध राखी गर्भवती भएकी एक महिलाको लहानमा अवैध गर्भपतन गराएको रहस्य खुलेको छ ।

चन्द्रलालपुर–६ की २५ वर्षीया ती महिलाको पाँच महिनाको गर्भ डाक्टर विभा मण्डलले वैशाख ५ गते ६० हजार रुपैयाँ लिएर पतन गराएको खुल्न आएको छ । ती महिलाले अत्यधिक रक्तश्राव भएपछि गर्भपतन गराएको कुरा आफ्नो परिवारमा जानकारी गराएपछि सो रहस्य खुलेको हो ।

अत्यधिक रक्तश्राव भएकोले नमितालाई इलाका प्रहरी कार्यालय गोलबजारमार्फत भूमिजा हस्पिटलमा भर्ना गरिएको छ ।

नमिताका ससुरा महादेव यादवले आफ्नो बुहारीलाई बिगार्ने र अवैध गर्भपतन गराउने डाक्टर सहितलाई कानुनी कारबाही गर्न प्रहरीसँग माग गरेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरीनायब निरीक्षक शैलेन्द्र गच्छदारले गर्भधारण गराउने वीरेन्द्र यादव र उनका तीन सहयोगी फरार रहेको राससमा उल्लेख छ ।

श्रीमान्को स्वीकृतिबिना तीन महिनाभन्दा बढीको गर्भपतन गराउन कानुनले निषेध गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।