
छातीमा संक्रमणसँगै खोकीले सताएकी ३१ बर्षीय महिलालाई करणी गरेको भन्दै बिमली औषधी पसलका प्रोपाइटर नगेन्द्र बिमलीलाई प्रहरीले पक्राउ गरेको हो ।
उपचारका लागि पाँचथरको फिदिममा रहेको औषधी पसलमा पुगेकी महिलालाई औषधी पसले बिमलीले बिहान ६ बजेर १५ मिनेट जाँदा पसल भित्र रहेको बिरामी जाँच्ने बेडमा लगेर बलत्कार गरेको भन्दै महिलाले उजुरी गरेपछि औषधी पसेले बिमली पक्राउ परेका हुन् ।
बिमलीले छाती जाँच्ने क्रममा स्तन मुसार्दै ट्राउजरबाट बिस्तारै हात योनीमा पुर्याएपछि प्रतिकार गर्दा समेत तिम्रो रोगको उपचार यहि हो भन्दै एक पटक करणी गरेको महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
घटनापछि महिलाको जिल्ला अस्पताल पाँचथरमा स्वास्थ परिक्षण गराएको पनि प्रहरीले जनाएको छ । जबरजस्ती करणी गरेको अभियोग लागेका बिमलीले चाँहि घटना नियोजित भएको बताएको उनको पारिवारिक स्रोतले जनाएको छ । प्रहरीले भने जाहेरीकै आधारमा मुद्धा चलाउने जनाएको छ । थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले बताएको छ । – लक्ष्मी गौतम, पाँचथर