बैशाख ६ – बाके जिल्लाको खजुरास्थित एक इँटाभट्टाको खाल्डोमा डुबेर शुक्रबार दुईजना बालकको मृत्यु भएको छ ।

सोनपुर गाविस–४ स्थित चाइना इँटाभट्टाको खाल्डोमा डुबेर स्थानीय १३ वर्षिय मिठु यादव र ११ वर्षिय रामशरण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घरबाट भैसी चराउन गएका दुवैजना पौडी खेल्ने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको हो ।

सो घटनापछि स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै नेपालगञ्ज–खजुरा सडकखण्ड अवरुद्ध पारेकोमा इँटाभट्टाले बालकका परिवारलाई तत्काल रु ५०/५० हजार दिने र खाल्डो वरिपरी तारजाली लगाउने सहमति भएपछि बाटो सुचारु भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।