बैशाख ६ जिल्लाको दुर्गम तथा विकट क्षेत्रमा पर्ने फलामेटार–९ हात्तीडाँडा घर भएका गणेशबहादुर लामाका परिवारका १२ जना सदस्य दुई सातादेखि रातभर ओडारमुनि बाँस बस्न बाध्य भएका छन् ।
चैत २५ गते कुडो पकाउने बेलामा कुच्चोमा आगो सल्किँदा घर जलेर नष्ट भएपछि उनीहरू जङ्गलमा रहेको ढुङ्गाको ओडारमुनि रात बिताउनुपरेको अग्निपीडित गणेशबहादुर लामाले बताए ।
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले भाडाँ कुडा र गाविसले एक हजार रुपैयाँ सहयोग गरेको भए पनि अर्थाेपार्जनको कुनै उपाय नभएपछि जङ्गलमा रहेको ढुङ्गाको ओडारमुनि बस्नु परेको पीडित बताउँछन् ।
उनीहरूलाई अहिले खाना र बस्ने ठाउँको समस्या रहेको छ । ‘हामीलाई सुत्नको लागि पालको समेत समस्या छ । कस्ले सहयोग गरिदेला ?’ गणेशबहादुरकी श्रीमतीले कान्छी मायाले भनिन् ।
घर जलेर रु एक लाख ५० हजार बराबरको कुच्चो, मकै, कोदो, लत्ताकपडा, भाँडाकुँडा गरी रु सात लाखबराबरको क्षति भएको पीडित परिवारको भनाइ छ ।