काठमाडौं १० माघ
आईएमई क्यापिटलको अनलाईन स्टेटमेन्ट सेवा बन्द गर्ने भएको छ । क्यापिटलले आफ्नो क्यापिटल तथा ग्लोबल आईएमइ बैंक मार्फत हीतग्राही खाता खोलेर सेवा लिइरहेका सदस्यहरुलाई चैत ३० अगाडि नै मेरो सेयर खाताका खोल्नका लागि निवेदन दिन अनुरोध समेत गरेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटडले माघ ९ गतेदेखि प्राथामिक सेयर तथा हकप्रद निष्काशनहरुमा आवेदन गर्दा अनिवार्य सि-आस्वा प्रणाली मार्फत मात्र गर्नुपर्ने व्यवस्था गरेकाले क्यापिटलले यस्ताे आग्रह गरेको हो।
क्यापिटल मार्फत प्रदान गर्दै आएको अनलाईन स्टेटमेन्ट (डिम्याट एकाउन्ट एक्सेस) सुविधा चैत ३० गतेपछि बन्द हुने समेत जनाएको छ ।
क्यापिटलले कर्मचारी सञ्चय कोषका कर्मचारी, कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता, नेपाल विद्युत्त प्राधिकरण, चिलिमे जलविद्युत्तका कर्मचारी तथा रसुवाका स्थानिय कर्मचारीहरुलाई डिम्याट खाता खोल्न अनुरोध गरेको छ ।
Comments